

नेप्से परिसूचक २७ अंकले बढ्दा, साढे ८ अर्ब माथिको कारोबार




काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २७.२९ अंकले बढेको दिन २६५७.१९ बिन्दुमा पुगेको हो।
यता, साताको दोस्रो दिन ३ सय २४ वटा कम्पनीको १ करोड ७५ लाख कित्ता सेयर खरिद–बिक्री भएको छ । सोही दिन आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने १ सय ९१ कम्पनीको सेयरमूल्यमा हरियाली देखिएको छ ।
यता, ५६ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
लामो समयपछि सेयर बजार केही उत्साहजनक अवस्थामा देखिएको हो ।