

सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरणमा बीमितलाई सहुलियत




काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमितहरुले बीमाशुल्क बुझाउँन ढिला हुने जरीवानामा छुट पाउने भएका छन् । त्यस्तो छुटको अफर चलाएको कम्पनीले व्यतित बीमलेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको हो।
यता, कम्पनीले व्यतित मितिबाट ५ वर्ष ननाघेको बीमालेख रिन्यू गर्दा ५० प्रतिशत र ५ वर्ष नाघिसकेको बीमालेख रिन्यू गर्दा ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।
जीवन बीमा कम्पनीका अनुसार सो छुट अवधि जेठ ३१ गतेसम्म लागू हुनेछ भने बीमालेख अवधिभर एक पटक मात्र प्रदान गरिने, विस २०८३ जेठ १८ गतेसम्म परिपक्व हुने बीमालेखमा लागू नहुने एव्म् छुट सुविधाबाट रिन्यू गरिएका बीमालेख १ वर्षभित्र सरेण्डर भएमा छुट रकम काटिने कम्पनीले जनाइएको हो ।