

एशियन लाइफले घोषणा गर्यो लाभांश




काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुले पाउने लाभांश सार्वजनिक गरेको हो ।
सोही लाभांश कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समतिको बैठकले पारित गरेको छ भने सेयरधनीले ५.३६८४ प्रतिशत लाभांश हात पार्ने भएका हुन्।
यता, ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर समेत) रहेको जनाइएको छ भने अहिले कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ।
लगानीर्ताहरुले लाभांश हात पार्नका लागि नेपाल बीमा प्राधिकरण र आगामी साधारण सभा दुबैबाट सदर गरिने समयको प्रतिक्षा गर्नु पर्नेछ ।