

प्रभु महालक्ष्मी लाइफले बोलाएको साधारणसभा आज सम्पन्न हुँदै




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आफ्नो आठौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले बोलाएको सभा आज जेठ २६ गते, आम्रपाली ब्याङक्वेट, काठमाडौंमा बस्ने भएको हो ।
लाइफ इन्स्योरेन्सका अनुसार सभा बिहान ११ बजेदेखि सुरु हुनेछ भने सोही सभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव समेत पास गर्नेछ।
त्यस्तै, सोही सभाबाट गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणमा छलफल गर्दै चालू आवका लागि लेखापरीक्षक नियुक्ति एवम् निजको पारिश्रमिक तोकिने छ ।