

सुन, चाँदीको मूल्यमा वृद्धि




काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य बढ्न पुगेको छ । सोही बेलामा चाँदी समेत मूल्य बढेको अवस्था छ। मंगलबार सुन तोलामा २ हजार ९०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आज सुन प्रतितोला १ लाख ९२ हजार ७०० रूपैयाँमा किनबेच भइरहेको छ भने हिजो प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँमामा सुनको खरिदबिक्री भएको थियो ।
साथै, चाँदीको मूल्य पनि आज तोलामै ५५ रूपैयाँले बढेर प्रतितोला २ हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ । नेपाली बजारमा हिजो प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा चाँदीको खरिद ब्रिकी भएको समेत महासंघले जनाएको छ ।