

सुनको मूल्य ७ सय रुपैयाँले बढ्यो




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्न पुगेको छ ।
यता, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ भने बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको हो।
साथै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको छ भने आज चाँदी प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ खरिदबिक्री भइरहेको हो । बिहीबारको बजारमा चाँदी प्रतीतोला १ हजार ९ सय ९५ रुपैयाँ खरिदबिक्री भएको महासंघले जनाएको छ ।