

क्षमता विकासमा सन नेपाल लाइफको अद्धितिय प्रदर्शन, सम्पन्न गर्यो स्किल इन्हान्समेन्ट समारोह




काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको एक सबल बीमा कम्पनी मध्ये एक हो, सन नेपाल लाइफ । सोही इन्स्योरेन्स कम्पनीले चितवनको सौराहास्थित होटल ल्याण्डमार्कमा २ दिने (२०८२ जेठ १ र २ गते) क्षमता विकाससँग सम्बन्धित “स्किल इन्हान्समेन्ट” कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली बीमा क्षेत्रमा अपरिहार्य मानिदै आएको त्यस्तो कार्यक्रमको खाँचो कार्यक्रममा समेत औँल्याइएको बुझिएको छ । सोही कार्यक्रममा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश भरिबाट उत्कृष्ट व्यवसाय गर्ने १ सय २० जना अभिकर्ताहरुले समेत सहभागीता जनाएका थिए । कार्यक्रममा मिहिनेती अभिकर्ताहरु कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कवी फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईद्वारा व्यवसायीक तालिम प्रदान गरिएको जनाइएको छ ।
साथै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका प्रदेश प्रमुखहरुले पनि कम्पनीको नविन जीवन बीमा योजनाहरुको बारेमा छलफल गरिएको कम्पनीले जनाएको छ । त्यस्तै उक्त कार्यक्रममा कम्पनीले आफ्नो मोबाइल एपको स्तर उन्नति गरि रि–लन्च भएको पनि अभिकर्ताहरु माझ जानकारी गराएको छ । कम्पनीले आफ्नो आधिकारिक गीत सार्वजनिक गर्दै ब्रान्ड सशक्तिकरणमा नयाँ अध्याय थपेको छ। अन्त्यमा कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन गर्ने उद्द्येश्यले २०८१ पौष महिनामा ल्याएको “प्रोडक्ट एम्ब्यसेडर“ योजनामा योग्य हुन सफल भएका प्रोडक्ट एम्ब्यसेडर द्वोय मो तैयब राइन र नितु झालाई सम्मान पनि गरेको जनाएको हो ।