
एनआरएन इन्फ्रास्ट्रक्चरका सञ्चालक तिलक कोइरालाको राजिनामा स्वीकृत

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका सञ्चालक समिति सदस्य तिलक कोइरालाले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कोइरालाले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार २०८३ साल साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन, २०६३ को दफा ८९ को उपदफा ३ (ग) बमोजिम कोइरालाको राजिनामा स्वीकृत गरेको हो ।

