
राष्ट्रिय व्यक्तित्व सम्मानद्धारा रोशनकुमार श्रेष्ठ सम्मानित

एभरग्रिन वल्र्डवाईड इन्टरटेनमेण्ट कम्पनीद्धारा आयोजित १४ औं राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रममा बिगत लामो समयदेखी निरन्तर अटो पत्रकारिता क्षेत्रमा समर्पित भएर देशभर सेवा दिदै आईरहेको अटो नेपाल, मासिक पत्रिकाको प्रकाशक रोशनकुमार श्रेष्ठ सम्मानित भएका छन् । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष कलाकार दिनेश डिसी, प्रमुख अतिथी रहेको कार्यक्रमका विशेष अतिथीहरुमा पहिलो नायिका भुवन चन्द, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह रहेको थियो ।
नेपाल चलचित्र संघका अध्यक्ष, उत्तम केसी, वरिष्ठ कलाकारहरु मोहन निरौंला, अभिनेत्री मिथिला शर्मा, नायक रविन्द्र खड्का, कृष्ण मल्ल, धिरेन शाक्य, नायिका शर्मिला मल्ल, द्धन्द निर्देशक एन. बी. महर्जन लगायत यस क्षेत्रका द्दिग्गज कलाकारहरु तथा व्यक्तिहरुको उपस्थिती रहेको थियो । एभरग्रिन वल्र्डवाईड इन्टरटेनमेण्ट कम्पनीले विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई एकै स्थानमा सम्मान गर्दै पहिलो पटक दिर्घ साधना सम्मानबाट कलाकार शिवहरी नेपाललाई रु ३३,३३३ रकम सहितको विशेष सम्मान गरिएको आयोजक तथा सस्थाका अध्यक्ष गोपाल ढकालले बताए ।
उहाँ अटो क्षेत्रमा मात्र नभएर अन्य समाजसेवा कार्यमा समेत निकैं सक्रिय रुपमा नैं निरन्तर लागिरहेका छन् भने लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसका संस्थापक अध्यक्ष, अटो नेपाल, पत्रिकाको प्रकाशक तथा लायन्स इन्टरनेशनल, डिष्ट्रिक जेका सिनियर एड्भाईजर लगायतमा हुनुहुन्छ । मैले गरेको योगदान र आफ्नो पेशागत कार्यप्रति समर्पणको मूल्यांकन स्वरूप प्राप्त सम्मान पाउनु मेरो लागि ठूलो गर्व र प्रेरणाको क्षण बनेको लायन्स लिडर रोशनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार सरोज कोईरालाले संचालन गरेको उक्त कार्यक्रममा विशिष्ट संचारकर्मी तथा रेडियो नेपालकी प्रथम समाचार वाचिका कल्याणी रिमाललाई सम्मान गरिएको थियो ।
लाइसेन्स घरदैलोमा र्पुयाइने
हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमतिपत्र हुलाकमार्फत नागरिकको घरदैलोमा ढुवानी सुरु भएको हो। यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुनकुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरी सो कार्यको औपचारिक आरम्भ गरेका थिए।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १)) कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भएअनुरुप हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए। घरदैलोमा सवारी अनुमतिपत्र र्पुयाइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम (पश्चिम) जानुपर्ने झन्झट अब समाप्त भएको उनले बताए।
निर्देशक पाण्डेका अनुसार यातायात व्यवस्था कार्यालयको लिखित र प्रयोगात्मक परीक्षालगायत मापदण्ड पूरा गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्न योग्यता पुगेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न यातायात कार्यालयमा आउनुपर्ने छैन। मात्र रु ४) को हुलाक महसुलमा नागरिकको घरघरमा लाइसेन्स पुग्नेछ। यसअघि हुलाक सेवाले नागरिकको राहदानी, दूरसञ्चार संस्थाका सिमकार्ड र अन्य सामग्री नागरिकको घरघरमा र्पुयाउने काम गर्दै आएको छ।
यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन नसकेका रगत, दिसा, पिसाब, छालालगायत नमुना परीक्षणका लागि हवाई सेवाद्वारा छिटोछरितो काठमाडौँ पठाउने, स्वास्थ्य बिमा बोर्ड, खुला विश्विवद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायत संस्थाका सामग्रीसमेत हुलाकमार्फत आदानप्रदान हुने कामको सुरुआत भइसकेको हुलाक निर्देशनालय सुर्खेतले जनाएको छ।
टाटा पन्चले दोस्रो पटक ५ स्टार सेफ्टी रेटिङ पायो
टाटा मोटर्सको लोकप्रिय कम्प्याक्ट इलेक्ट्रिक एसयूभी टाटा पन्च ईभीले भारत न्यु कार असेसमेन्ट प्रोग्राम क्र्यास टेस्टमा एडल्ट अक्युपेन्ट प्रोटेक्शन र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यसले सुरक्षित र भरपर्दो सवारीसाधन निर्माणमा टाटा मोटर्सको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। भारत एनक्यापले दोस्रो पटक परीक्षण गरेको टाटा पन्च ईभीले एडल्ट अक्युपेन्ट प्रोटेक्शन सेफ्टीमा ३२ मध्ये ३१।)( अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्शन सेफ्टीमा ४( मध्ये ४५ अंक हासिल गरेको छ। चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा अघिल्लो प्रदर्शन भन्दा पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । पछाडिको सिटमा यात्रा गर्ने बालबालिकाको सुरक्षालाई थप मजबुत बनाउन आईएसओफिक्स चाइल्ड सिट एंकरजस्ता आधुनिक सेफ्टी फिचरले महत्त्वपूर्ण भूमिका खेलेको छ।
यसमा एलईडी लाइट, आकर्षक क्याबिन, १)।२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १)।२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेटेड सिट, भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एयर प्युरिफायर, प्याडल सिफ्टर, ४ लेभल ब्रेक रिजेनरेशन, ३६६ लिटर बुट स्पेस र १(५ एमएम ग्राउन्ड क्लियरेन्स जस्ता फिचर उपलब्ध छ ।
टाटा पन्च ईभीमा सेफ्टीका लागि सबै भेरिएन्टमा ६ वटा एयरब्याग, ईबीडीसहितको एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ सेन्सरलगायतका सेफ्टी फिचर उपलब्ध छ । यसको टप भेरिएन्टमा ३६) डिग्री क्यामेरा र ब्लाइन्ड स्पट मनिटर सिस्टमसमेत समावेश गरिएको छ।
टाटा पन्च ईभी २ वटा ब्याट्री विकल्पमा उपलब्ध छ। पहिलो ३) किलोवाट आवर क्षमताको ब्याट्री, जसले फुल चार्जमा ३६५ किलोमिटरसम्मको रेन्ज र दोस्रो ४) किलोवाट आवर क्षमताको ब्याट्री, जसले ४६८ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसमा ८७ देखि १२७ बीएचपीको पावर र १() एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रिक मोटर जडान गरिएको छ। सो गाडीले ) देखि १)) किलोमिटर प्रतिघण्टाको गति केवल ( सेकेन्डमा लिन सक्छ। यसको ब्याट्री डीसी चार्जर प्रयोग गरेर २) प्रतिशतदेखि ८) प्रतिशतसम्म चार्ज हुन करिब २६ मिनेट मात्र लाग्छ ।


