

शिवम सिमेन्ट्सले नाफा बढायो




काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सर्वजनिक गरेको छ। सोही वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ९६.०७ प्रतिशतले बढेको देखिएको हो।
यता, तेस्रो त्रैमासको अवधिमा कम्पनीले ४० करोड ५ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २० करोड ४२ लाख मात्रै रहेको देखिन्छ।
त्यस्तै, यस अवधिमा कम्पनीले आफ्ना उत्पादन बिक्रीबाट ५ अर्ब ३९ करोड ७२ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५ अर्ब ९९ करोड ७७ लाख थियो ।
उक्त अवधिमा कम्पनीको ब्याज खर्च ४ करोड ४९ लाखबाट घटेर ७४ लाख ९७ हजार कायम भएको छ । त्यस्तै कम्पनीले गरेका लगानीको फेयर भ्यालु गेन बढेर १ करोड १९ लाख पुगेको हो।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रहेको छ भने शेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख तथा अन्य रिजर्भमा ३ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।
साथै, समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९.७९ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १८१.१० रुपैयाँ पुगेको प्रकाशित अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ।