
सुनचाँदीको मूल्यमा उच्च वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य ९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २६० रुपैयाँले बढेर तोलाको ४ हजार ८५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५९५ रुपैयाँ रहेको थियो ।

