

सर्वोच्चको अन्तरिम आदेश : महाप्रसाद अधिकारीविरुद्धको रिटमा दुई पक्ष बोलाइने




काठमाडौं । चर्चाको शिखरमा रहेको विषयमा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । त्यस्तो विषय, नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका सदस्य महाप्रसाद अधिकारीविरुद्धको रिटमा आदेश जारी गरिएको हो भने अब दुवै पक्षलाई छलफलका लागि बोलाइने भएको हो।
यता, आजै न्यायाधीश विनोद शर्माको एकल इजलासले कारण देखाउ भन्ने आदेश जारी गरी गरेर दुवै पक्षलाई छलफलमा बोलाइने भएको छ । गभर्नर सिफारिस समितिको सदस्यमा निवर्तमान गभर्नर अधिकारी सदस्यमा नियुक्त भएसँगै उनी विवादमा परेका थिए । उनै अधिकारी विरुद्धको विषयमा अधिवक्ता नवीन धितालले रिट दायर गरेसँगै उनीहरुलाई छलफलमा बोलाइने जनाइएको छ।
आफैं गभर्नर भएको बेलामा समिति गठन गर्ने र त्यस्तो समितिमा फेरी पूर्वगभर्नरको रुपमा अधिकारीको उपस्थिती रहनुमा निवेदकले गहिरो खेद प्रकट गर्दै असन्तुष्टी जाहेर गरेको देखिन्छ । त्यस्तै, अवकाश ढिला गरिएको सन्दर्भ जोडदै उनको नियुक्ती माथि नै गहिरो प्रश्न चिन्ह खडा गरी कानुनविपरीत र स्वार्थ बाझिने खालको निर्णय भन्दै घोर असन्तुष्टि व्यक्त गरेको देखिन्छ ।