

३ हजार ७ सय रुपैयाँले घट्यो सुनको भाउ




काठमाडौं । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सुनको भाउ घटेको छ । महासंघका अनुसार नेपाली बजारमा सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले घट्न पुगेको हो।
यता, सोमबार सुन तोलामा १ लाख ८६ हजार ८०० रूपैयाँले किनबेच भइरहेको छ । हिजो भने सुन तोलामै १ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
साथै, सुनको भाउ घटेको दिन चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको हो।