

मेटलाइफ इन्स्योरेन्स नाफा बढाउन सफल




काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मेट अमेरिकन लाइफ (मेटलाइफ इन्स्योरेन्स) इन्स्योरेन्स कम्पनी लिमिटेडलेले नाफा आर्जन गर्न सफल भएको छ । मेटलाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनामा कुल ३४ करोड ५१ लाख रूपैयाँ नाफा आर्जन गरेको हो।
कम्पनीले गत वर्षको समिक्षा अवधिमा भने २७ करोड ४ लाख रूपैयाँ नाफा कमाएको वित्तीय विवरणमा देखिन्छ।
यता, जीवन बीमा कोष गत वर्षको तेस्रो त्रैमासमा २५ अर्ब ७ करोड रूपैयाँ भए पनि यसपालि समिक्षा अवधिमा २८ अर्ब ३९ करोड रूपैयाँ नाघेको देखिन्छ ।
त्यस्तै, खुद ब्याज आम्दानीतर्फ ४ अर्ब २६ करोड रूपैयाँ, कुल आम्दानीतर्फ ६ अर्ब ४५ करोड रूपैयाँ रहेको देखिन्छ ।
जीवन बीमा कोषमा महत्वपूर्ण मानिने महाविपत्ति कोषतर्फ ५६ करोड २३ लाख रूपैयाँ कायम हुँदा जगेडा कोषमा २ अर्ब ५२ करोड रूपैयाँ रहेको वित्तीय विवरणमा देखिन्छ ।