

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नाफा बढाउन सफल




काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको (चैत मसान्त) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सोही वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म आईपुग्दा ३३ करोड ७६ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो।
यता, गत वर्षको सोही अवधिसम्ममा भने कम्पनीले ३० करोड ४८ लाख रूपैयाँ खुद नाफा गरे पनि यसपालिको समिक्षा अवधिमा बढाउन सफल भएको छ।
त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषतर्फ गत वर्ष जम्मा १२ अर्ब ३६ करोड रूपैयाँ देखिन्छ भने यसपालिको समिक्षा अवधिमा १७ अर्ब ८१ करोड रूपैयाँ देखिन्छ। जीवन बीमा कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ४ अर्ब ६५ करोड रूपैयाँ, कुल आम्दानीतर्फ ६ अर्ब १२ करोड रूपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेखित छ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रूपैयाँ कायह हुँदा यता महाविपत्ति कोषतर्फ साढे १ करोड रूपैयाँ तथा जगेडा कोषमा ३१ करोड रूपैयाँ रहेको अवस्था छ।
साथै, ईपीएस ८.९८ रूपैयाँ रहेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११०.६० रूपैयाँ रहेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा देख्न सकिन्छ ।