

नेशनल लाइफको तेस्रो त्रैमासको वित्तीय विवरणमा उत्साजनक, हेर्नुस् यस्ता छन् सूचकहरु




काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चैत मसान्तसम्मको आफ्नो तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालू सोही अपरिष्कृत वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्म ४० करोड ८५ लाख रूपैयाँ खुद नाफा कमाउन सफल भएको देखिएको हो।
यता, पोहोर सालको समिक्षा अवधिमा नेशनल लाइफले ३८ करोड ८३ लाख रूपैयाँ खुद नाफा आर्जन गरे पनि यसपालि बढाउन सफल भएको हो।
हाल नेशनल लाइफको ईपीएस १०.४९ रूपैयाँ कायम भएको छ । यता, कम्पनीको कुल आम्दानी १९ अर्ब ३७ करोड रूपैयाँ कायम हुँदा चुक्ता पूँजी ५ अर्ब २१ करोड रूपैयाँ रहेको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ ।
हाल नेशनल लाइफको महाविपत्ति कोषतर्फ ६१ करोड रूपैयाँ, जगेडा कोषतर्फ साढे ८५ करोड रूपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थतर्फ १३६.४७ रूपैयाँ कायम रहेको छ । मर्जरमा नगएर एक्लै हिडेका केही जीवन बीमा कम्पनीहरुको अब्बल पथमा रहेको नेशनल लाइफ अधिकांश सूचकहरुमा नेपाली बीमा बजारमा बलियो बीमा कम्पनीको छवि निर्माण गर्न सफल कम्पनी समेत हो ।