

सन नेपाल लाइफ, अर्गानिक ग्रोथ गर्न सफल




काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अर्गानिक ग्रोथमा आफूलाई अब्बल साबित गर्दै गएको छ । एकपछि अर्को सूचकमा चमत्कार देखाउँदै सोही लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ करोड ८९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो।
यता, सन नेपाल लाइफको गत वर्षको समिक्षा अवधिमा भने ४९ करोड ३६ लाख रुपैयाँ नाफा भएको देखिन्छ भने उसले स्थापनाको छोटो समयमा आफ्ना सूचकहरुलाई मजबुत बनाउँदै गएको तथ्यांकले देखाउँछ ।
सन नेपाल लाइफले शेयर प्रिमियमतर्फ १ अर्ब २४ करोड, महाविपत्ति कोषतर्फ १८ करोड २७ लाख रुपैयाँ कायम गर्न सफल भएको छ । सोही कम्पनीको रिटेन्ड अर्निङतर्फ भने ८१ करोड ९४ लाख रुपैयाँ कायम हुँदा इक्विटीमा २९ करोड २७ लाख रुपैयाँ रहेको अवस्था छ।
जीवन बीमा कम्पनीमा निकै महत्वपूर्ण मानिने लाइफ फण्ड ९ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ बनाउन सफल भएको कम्पनीले तेस्रो त्रैमासमा ३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क समेत कमाई गर्न सफल भएको छ । यो कम्पनीको आम्दानी मात्र नभई उसले आर्जन गरेको बीमितहरुको विश्वास समेत हो ।
साथै, सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ, ईपीएस ११ दशमलव ०७ रुपैयाँ रहेको देखिन्छ । आफ्ना मुख्य सुचकहरुलाई पछिल्लो समय सथ सबल बनाउँदै गएको कम्पनीको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरणमा देख्न सकिन्छ ।