

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नाफा बढाउन सफल




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जीवन बीमा कम्पनीको सो अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म २७ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन भएको देखिएको हो।
यता, यसभन्दा अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा भने प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सले २६ करोड ८९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ ।
हाल कम्पनीको जीवन बीमाकोषमा १२ अर्ब ८० करोड रुपैयाँ रहेका छ भने खुद बीमाशुल्क आम्दानी साढे ३ अर्ब रुपैयाँ कायम रहेको अवस्था छ।
पोहोर सालको समिक्षा अवधिमा ३ अर्ब ८९ करोड रुपैयाँ कुल आम्दानी रहे पनि चालु आर्थिक वर्षको तेस्रो क्वाटरमा ४ अर्ब ५५ करोड रुपैयाँ रहेको देखिन्छ भने वर्ष ३ अर्ब ६२ करोड रुपैयाँ गत वर्षको तेस्रो त्रैमासको कुल खर्च चालु आर्थिक वर्षमा ४ अर्ब २६ करोड रूपैयाँ रहेको तथ्यांकमा देख्न सकिन्छ।
हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा साढे १० करोड रूपैयाँ, जगेडा कोषमा साढे ७९ करोड रुपैयाँ तथा शेयर प्रिमियमतर्फ भने १ करोड ९३ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेखित छ।
साथै, कम्पनीको इपीएस ७ रुपैयाँ ६४ पैसा कायम हुँदा यता प्रतिशेयर नेटवर्थ १ सय २१ रुपैयाँ ८९ पैसा रहेको सोही तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ ।