

कसैको विश्वास ओझेलमा पर्ने छैन : नेपाल लाइफ इन्भेस्टमेण्ट कम्पनीका सीईओ सुवास थापा




आगामी दिनमा उज्यालो सम्भावना रहेको छ,सीईओ थापा
काठमाडौं । नेपाल लाइफ इन्भेण्टमेन्ट कम्पनीको सुरुवातसँगै सोही कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास थापाले कसैको विश्वासलाई ओझेलमा नपर्ने किसिमको आफुहरुले कार्य-सम्पादन गर्ने बताएका छन् । उनले बिहीबार राजधानीस्थित कमलपोखरीमा नेपाल लाइफ इन्भेण्टमेन्ट कम्पनीको कार्यालयको उद्घाटनमा नियामक निकाय, संचालक समिति लगायत सरोकारवालाहरुको ठूलो (ट्रस्ट) विश्वास आफूहरुमा रहेको र त्यसको जर्गेना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका (सीईओ) प्रविण रमन पराजुली, नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवाल, बिमल प्रसाद ढकाल, नेपाल लाइफका (चेयरम्यान) अमित कयाल, गोबिन्दलाल संघाई, संचालक सर्मिला श्रेष्ठ( महर्जन), पेशागत बीमा संघका वरिष्ठ उपाध्यक्ष नारायण बराल, ओम बहादुर केसी, बीमक समितिका बद्रिनाथ ढकाल लगात नेपाल लाइफका मुख्य (ब्रेन-बडी) हरु उपस्थित थिए ।
सोही कार्यक्रममा बीमक समितिका गणेश अधिकारीलाई समेत सम्बोधन गरिएको थियो यद्यपी उनी प्राविधिक कारणले कार्यक्रममा देखिएनन् ।
नेपाल लाइफका सबै मुख्य सरोकारवालाहरुलाई साक्षि राखेर नेपाल लाइफ इन्भेण्टमेन्टका सीईओ थापाले नयाँ कम्पनी स्थापना गर्न नियामक निकाय नेपाल बीमा प्राधिकरणको समेत निकै सकारात्मक कदम रहेकोमा जोड दिएका छन् । उनले संस्था खोल्ने चाहनालाई मूर्त रुप दिन सबैको ठूलो हात हुने भन्दै विगत लामो समयदेखि नेपाल बीमा प्राधिकरणका अग्रपंक्तीमा खट्दै आएका हालका प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदीको मुक्तकण्ठले प्रशंशा गरे ।
सीईओ थापाले संचलाकले समेत निकै लामो भिजन राखेर कुनै पनि संस्थाको सुरुवात गर्ने स्मरण गर्दै त्यस्तो लक्ष्म प्राप्तीमा आफुहरु कटीबद्ध भएर लागि पर्ने भाव व्यक्त गरे ।
नेपाल लाइफले किन खोल्यो नयाँ कम्पनी ?
आफ्नो धारणा राख्ने क्रममा सीईओ थापाले नेपाल लाइफले नयाँ संस्था जन्माउनु उदेश्य नै आफ्नो वित्तीय व्यवस्थापनलाई थप सबल र अब्बल बनाउँन हो भन्ने उदाहरण समेत दिए । उनले बीमामा जोखिम बाढ्न एउटै बास्केटमा सबै जोखिम राख्ने भन्दा पनि त्यसलाई विभिन्न ठाउँमा छर्नु पर्ने धारणा व्यक्त गरे । त्यस्तै, नियामकको गाइड लाइनमा रहेर आफ्नो चुक्ता पुँजी बढाउने कुरा त्यति धेरै सहज नरहे पनि असम्भव समेत नरहेको दृष्टिान्त उनले पस्किए ।
कार्यक्रममा सम्बोधनका अन्तिममा नेपाल लाइफ इन्भेण्टमेन्टका सीईओ थापाले आगामी दिनमा उज्यालो सम्भावना रहेको र आफहरु समेत उत्साहित रहेको बताए । साथै, लगानीलाई सफल बनाउन र प्रतिफल योग्य बनाउन सबैको साथ र सहयोगको समेत उनले अपेक्षा गरेका थिए ।