

सुनको मूल्यमा बृद्धि




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ बढ्न पुगेको छ । सुन भाउ प्रति तोला १ हजार ७ सय रुपैयाँले बढ्न पुगेको हो ।
यता, सुन प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा बुधबा किनबेच भइरहेको बेलामा मंगलबार भने सुन तोलामा १ लाख ८९ हजार ९ सय रुपैयाँमा किनबेच हुन पुगेको थियो।
साथै, सुनको भाउ बढेको दिन चाँदीको मूल्य भने स्थिर नै रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । सोही रकममा हिजोमा पनि नेपाली बजारमा चाँदीको व्यापार भएको थियो ।