

केही हदसम्म भए पनि वृद्धिको लय पकड्दै नेप्से परिसूचक




काठमाडौं । सातामा सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक बढ्न पुगेको छ। सुरुवाती दुई दिनमा घटेको बजार मंगलबार भने १ दशमलव ०३ अंकले बढेर २६११ दशमलव ४३ विन्दुमा पुगेको परिसूचकमा देखीएको हो ।
यता, सेयर बजारमा १ सय २० कम्पनीको सेयर मूल्य बढेको बेलामा १ सय २६ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ। ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १३ अंकले बढेर ४ सय ४० दशमलव २६ विन्दुमा पुग्दा १३ उपसूचकमध्ये ८ उपसूचकको सेयर मूल्य घटेको देखिन्छ । त्यस्तो बेलामा ५ वटाको सेयर मूल्य बढेको हो।
नेप्से परिसूचकसँगै कारोबार रकममा केही बढोत्तरीकै लक्षण छ । हिजो दिन ७ अर्ब ६३ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको हो भने मंगलबार ३सय १८ कम्पनीका २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८० हजार ५४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको नेप्से परिसूचकमा देख्न सकिन्छ।