

नेप्से परिसूचक ९.९८ अंकले घट्यो




काठमाडौं । सातामा सेयर कारोबारको दोस्रो दिन नेप्से परिसूचक घट्न पुगेको छ। आइतबार समेत घट्न पुगेको सो परिसूचक आज ९ दशमलव ९८ अंकले घटेरको हो ।
यता, आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ९ दशमलव ९८ अंकले घटेर २६१ दशमलव ४ विन्दुमा पुगेको देखिन्छ। आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको देख्न सकिन्छ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३६ अंकले घटेर ४४ दशमलव १३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटा उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ भने ४ वटाको मात्रै बढेको छ।
साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार नेप्से सँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब ४४ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ६५ हजार ८८४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
साथै, सोमबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये चार वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो।