

६ सयले बढ्यो सुनको भाउ




काठमाडौं । आइतबार सुनको मूल्य बढ्न पुगेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढन पुगेको हो।
यता, नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्यांकलाई आधार मान्दा सुनको भाउ १ लाख ८४ हजार १०० रुपैयाँ पुगेको अवस्था छ । सो रकम यस अघिको कारोबारमा १ लाख ८३ हजार ५ सय रुपैयाँमा कायम थियो ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मुल्य १ हजार ९ सय १० मा किनबेच भइरहेको बेलामा यस अघिको कारोबारमा प्रतितोला १ हजार ९ सय ३० रुपैयाँ रहेको थियो ।