

सुनको मूल्य स्थिर हुँदा चाँदीको भने बढ्यो




काठमाडौं । नेपाल सुन चाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर हुन पुगेको छ । महासंंघका अनुसार हिजो घटेको सुनको मूल्य आज स्थिर रहन पुगेको हो । ठीक यही बेलामा चाँदीको मूल्य बढेको देखिन्छ।
यता, सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा खरिद बिक्री भएको थियो ।
साथै, सुनको मूल्य स्थिर रहेको दिन चाँदीको मूल्य भने सामान्य बढेको अवस्था छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ रहेको जनाइएको हो ।