

सुनको मूल्य ७ सयले घट्यो




काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घट्न पुगेको छ । उक्त मूल्य तोलामा ७ सय रुपैयाँले घटेको जनाइएको हो।
यता सुनको मूल्य हिजो १ लाख ८८ हजार ८ सयमा कारोबार भए पनि आज भने १ लाख ८८ हजार १ सय पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्यमा प्रतितोला केही गिरावट आएको छ । चाँदीको मूल्य पाँच रुपैयाँले घटेर १ हजार ९ सय ६५ कायम भएको बेलामा हिजो भने १ हजार ९ सय ७० रुपैयाँमा मा किनबेच गरिएको महासंघले जनाएको हो।