

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । उक्त सुन तोलामा ५०० रुपैयाँले बढेको महासंघले जनाएको हो ।
यता, आज सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको अवस्था थियो।
सोही बेलामा चाँदीको मूल्य भने स्थिर रहेको देखिन्छ । आज चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।