


सुनको मूल्य बढ्दा, तोलाको १ लाख ८९ हजार ७०० पुग्यो




काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्न पुगेको छ । सुनको मूल्य बढेको बेलाम प्रति तोला १०० रुपैयाँले बढेको हो ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदी एक हजार ९ सय ९० मा खरिदबिक्री भइरहेको अवस्था छ।
साथै, शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० रुपैयाँ मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार रुपैयाँ मा किनबेच भएको महासंघले जनाएको हो।