

सुनको मूल्यले फेरि राख्यो नयाँ किर्तीमान




काठमाडौं । पछिल्लो समय आफ्नो रेकर्ड आफैले तोडदै गएको नेपाली सुनचाँदी बजारले नयाँ रेकर्ड राखेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। सातको दोस्रो दिन सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको महासंले जनाएको छ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने सोही बेलामा चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम हुन पुगेको छ।