

सुनको साप्ताहिक समिक्षा, एक सातामा ८ सयले बढ्यो




काठमाडौं । नेपाली सुनचाँदी बजारमा हचलच आएकै छ । त्यस्तो हलचल मूख्य गरेर उसको दरभाउसँग नै सम्बन्धित हुने गर्छ । पछिल्लो समय नेपाली सुनचाँदी बजारले आफ्नो रेकर्ड तोडिरहेको अवस्था छ । यस्तो बेलामा यस साता नेपाली बजारमा पहिलो दिन नै किर्तीमानी कायम गरेको सुनको मूल्यले बिहीबारको कारोबारमा भने फेरी नयाँ रेकर्ड राख्यो । त्यस्तो रेकर्डलाई पनि तोडेर १ लाख ९० हजार ६०० रुपैयाँ पुग्दा नेपाली बजारमा हालसम्मकै उच्च दर पनि बन्न पुग्यो।
यता, आईतबार भन्दा शुक्रबार सुन तोलामा ३ हजार ८०० रुपैयाँले बढेको बेलामा आइतबार १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन शुक्रबार १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच हुनपुग्यो।
त्यस्तै, सुनको मूल्य यो साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार नेपाली नयाँ वर्षको बिदाको दिन सुनको मूल्य निर्धारण गरिएको थिएन् । मंगलबार खुलेको बजारमा सुन तोलामा १ हजार ७०० रुपैयाँ घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भयो ।
साथै, बुधबार आइतबारको रेकर्ड तोड्दै १ लाख ८७ हजार रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार भने १ लाख ९० हजार ६०० रुपैयाँ पुगेर किनबेच हुन पुग्यो। शुक्रबार भने सुनको मूल्य घटेर १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। साताभरको किनबेचमा यता चाँदीको मूल्य भने स्थिर नै रहेको देखिन्छ। नेपाल सुनचाँदी व्यवसयी महासंघको तथ्यांकलाई आधारमान्दा आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो।