

घट्यो सुनको मूल्य




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । हिजो हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले घटेको महासंघले जनाएको हो ।
यता, सुनको मूल्य आज तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।