

सुनको मूल्य तोलामै, १ लाख ९० हजार नाघ्यो




काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज नेपाली बजारमा सुनको ह्वात्तै बढेको छ। उक्त सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको जनाएको बेलामा अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको अवस्था थियो ।
साथै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार चाँदी तोलाको १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भइरहेको बेलामा अघिल्लो दिन भने चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा किनबेच भएको हो।