

सुनको मूल्यमा नयाँ किर्तीमानी, तोलाको १ लाख ८७ हजारमा किनबेच




काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । पछिल्लो समय एकपछि अर्को रेकर्ड ब्रेक गर्दै गएको नेपाली सुँनचादी बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढ्न पुगेको महसंघले जनाएको हो ।
यता, तोलामा १ लाख ८७ हजार रुपैयाँ पुगेको सुन अघिल्लो दिन उक्त तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
यता, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ भने आज चाँदी तोलाको १ हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार भने चाँदी तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको हो।