

वायुसेवा निगम चैत मसान्तसम्म ५३ करोड ९ लाख किस्ता भुक्तानी गर्न सफल




काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना दायित्व भुक्तानी गर्न सफल भएको छ । निगमले जहाज खरिद गर्दा ऋण स्वरुप लिएको चैत मसान्तसम्मको दायित्व भुक्तान गरेको हो।
यता निगमले अन्तरराष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषबाट ऋण लिएको थियो ।
साथै, ‘दुईवटा न्यारोबडीको चैतसम्मको पूरा किस्ता र दुई वटावाइबडीको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको छ’, निगमका प्रवक्ता सुवाष डाँगीले भने ।