

यी कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा कसले गुमाए ?




काठमाडौं । आइतबार नेप्सेमा कारोबार भएका ३२२ कम्पनीमध्ये तीन कम्पनीको मूल्यमा सकारात्मक र दुईको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज गुडविल फाइनान्स डिबेन्चर, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको मूल्य क्रमशः १२१, ४० र ३३ रुपैयाँले बढेर बजारमूल्य १३३६, ४४२, ३६५ रुपैयाँ पुगेको छ ।
त्यस्तै विन नेपाल र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबारका आधारमा सबैभन्दा बढी सिइडिबी होल्डिंग्स कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । विन नेपालको ३४७ र सिइडिबीको २८ रुपैयाँले घटेको छ ।
यसदिन सेयर बजार ८.६२ अंकले घटेर २६६२.०८ बिन्दुमा बजार बन्द भएको छ ।