

विन नेपाल लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्यमा लाग्यो नकारात्मक सर्किट




काठमाडौँ । वर्षको अन्तिम कारोबार दिन आज एक लघुवित्त र एक हाइड्रापावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेको छ ।
नेपाल स्टक एक्सजेञ्ज (नेप्से) का अनुसार आज विन नेपाल लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्यमा यस्तो सर्किट लागेको छ ।
विन नेपालको मूल्य ३४७ रुपैयाँ घटेर ३१२६ पुगेको छ । अर्कोतिर बलेफी हाइड्रोको चाहिँ २८ रुपैयाँ घटेर २५५ रुपैयाँमा झरेको छ ।