

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फतआज फेरि बजारबाट ३० अर्ब रुपैयाँ तान्दै




काठमाडौँ । नेपाल राष्ट्र बैंकले वर्षको अन्तिम दिन पनि तरलता व्यवस्थापन गर्न बजारबाट पैसा तान्ने भएको छ । राष्ट्र बैँकले आज फेरि ३० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति २०८२ वैशाख २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।