

तीन हजार ९०० रुपैयाँले बढेर सुन हालसम्मकै बन्यो महँगो




काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य फेरि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि बिहीबार पाँच हजार ७०० रुपैयाँले बढेर रेकर्ड कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँ बढेको छ । यसदिन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार र्भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।