

२६७० बिन्दुमा नेप्से पुग्दा पाँच अर्बमाथिको कारोबार




काठमाडौं । आज बजार सामान्य अंकले घटेको छ । यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० बिन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा कुल ३२१ कम्पनीको १ करोड १३ लाख ८४ हजार सेयर किनबेच हुँदा पाँच अर्ब ६३ करोड ७९ लाख ८१ हजारको कारोबार भएको छ । अघिल्लो दिन करिब साढे ४ अर्बको कारोबार भएको थियो ।
यसदिन ११३ कम्पनीको मूल्य बढेको छ भने १३१ को घटेको छ । एकको मूल्य स्थिर रहेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) को मूल्य सबैभन्दा बढी ५ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको ३५ करोड ९४ लाख ७१ हजारभन्दा बढीको सेयर किनबेच भएको छ ।