

सुनको भाउमा नयाँ रेकर्ड, एकैदिन पाँच हजार रुपैयाँले बढ्यो




काठमाडौँ । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस सुन तोलामा एकैपटक पाँच हजार ७०० रुपैयाँले बढेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो एक लाख ७५ हजार ४०० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला २०६ रुपैयाँले घटेर एक हजार ६ सय २९ रुपैयाँमा किनबेच भइरहेको छ ।