

आज यी दस कम्पनीको भयो सबभन्दा धेरै सेयर कारोबार




काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १३.९० अंकले बढेर २६८०.५२ बिन्दुमा बन्द भएको छ ।
सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, सेन्सेटिभ फ्लोट इन्डेक्ससहित १३ वटै उपसमूहमा हरियाली छाएको छ ।
आज सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड ७५ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सिइडिबी होल्डिंग्स र तेस्रोमा हिमालयन रिइन्स्योरेन्स रहेको छ । यिनीहरूको क्रमशः ३० करोड २२ लाख ३१ हजार र २७ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यसपछि क्रमशः राधी विद्युत् कम्पनी, हिमालयन पावर, ङादी पावर, घोराही सिमेन्ट, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र युनाइटेड मोदी पावरको कारोबार भएको छ ।
यसदिन कुल ४ अर्ब ४८ करोड ४६ लाख १९ हजारभन्दा बढीको कारोबार भएको छ ।