

नेपाल माइक्रो इन्स्योरेन्ससहित यी कम्पनीका लगानीकर्ता भए मालामाल




काठमाडौं । आज नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४४ अंकले घटेर बजार २६६६.६१ बिन्दुमा बन्द भएको छ ।
यसदिन कारोबार आएका ३२१ कम्पनीमध्ये तीनवटाको मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।
बोटलर्स नेपाल बालाजुको १६२०, विन नेपाल लघुवित्तको २७२ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्य ३० रुपैयाँले बढेको छ ।
त्यसैगरी मैलुङ खोला जलविद्युत्को ४.०४, गुराँस लघुवित्तको ३.९३, युनाइटे मोदी हाइड्रोपावरको मूल्य ३.५१ प्रतिशतले बढेको छ ।
आज १२१ कम्पनीको मूल्य बढ्दा १२३ कम्पनीको घटेको छ ।