

एनआईसी एशियाको सात लाख कित्ता सेयर लिलाम बिक्रीमा, न्यूनतम मूल्य कति ?




काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आज चैत २६ गतेबाट संस्थापक समूहको ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर लिलाम प्रक्रियामार्फत बिक्री खुलाएको छ ।
उक्त शेयर विद्यमान संस्थापक सेयरधनीसहित सबैले खरिद गर्न पाउने व्यवस्था गरिएको छ । लगानीकर्ताले घटीमा १ हजार खरिद गर्न पाउनेछन् भने बढीमा १०० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता खरिद गर्न पाउनेछन् । बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रूपैयाँ तोकेको छ ।
सेयर किन्न चाहने खरिदकर्ताले २०८२ वैशाख ९ गतेभित्र बालुवाटारस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेस गरिसक्नुपर्नेछ ।
उक्त अवधिमा प्राप्त शिलबन्दीहरू वैशाख १० गते बिहान १० बजे बिक्री प्रबन्धको कार्यालयमा खोलिने पनि बैंकले जानकारी दिएको छ ।