

बुटवल पावरद्वारा एफपिओ रद्द गरी एक अर्ब ३६ करोडभन्दा बढीको हकप्रद शेयर जारी गर्ने निर्णय




काठमाडौं । बुटवल पावर कम्पनीले एफपिओ प्रक्रिया रद्द गरी हकप्रद सेयर जारी गर्ने भएको छ । यस्तो निर्णय कम्पनीको चैत २२ गते बसेको सञ्चालक समिति बैठकले गरेको हो ।
कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । तर त्यसलाई संशोधन गदैृ अब भने एफपिओको सट्टा ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीको हाल ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीको ४० प्रतिशतले हुने १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँबराबरको हकप्रद सेयर जारी हुने कम्पनीको भनाइ छ । छ ।