

सोमबार सुनको मूल्य तोलामा सात सय घट्यो, चाँदीको बढ्यो




काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आज पनि ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँ घटेको हो । हिजो आइतबार प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
आजको भाउ प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।