

एकैदिन चार हजारले घट्यो सुनको भाउ, बजारमा कतिमा खरिदबिक्री हुन्छ ?




काठमाडौँ । बिहीबार हालसम्मकै उच्च बनेको सुनको मूल्य शुक्रबार भने करिब चार हजार रुपैयाँले घटेको छ ।
सुन आज तोलामा तीन हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८७० रुपैयाँ पुगेको छ ।