

आज प्रतितोला १२ सय रुपैयाँ बढेर इतिहासकै महँगो बन्याे सुन




काठमाडौं । सुनको भाउ बढ्ने क्रम नरोकिँदा आज फेरि अहिलेसम्मकै महँगो बनेको छ ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा एकैदिन एक हजार २०० रुपैयाँले बढेर
प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँ थियो ।
त्यस्तै यसदिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।