

अमेरिकी बीमक मेट लाइफको नेपालमा सानदार उदय, विश्वकै ९ नम्बरमा छाउँदा चर्चै-चर्चा




काठमाडौं । मेट लाइफले (तत्कालिन बीमा समिति) नेपाल बीमा प्राधिकरणद्वारा प्रदान गरिएको इजाजतपत्र सन् २००१ मा लिएर अमेरिकी जीवन बीमा कम्पनीको शाखाको रूपमा सन् २००२ देखि नेपालमा बीमाको काम सञ्चालन गर्दै आएको छ । सन् २०१० मा अमेरिकन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड (एलीको) जुन अमेरिका इन्टरनेसनल समूहको रहेको अंश थियो भने त्यसलाई अधिग्रहण गरेपछि मेटलाइफले आफ्नो नयाँ रूप धारण गरेको थियो । त्यस यता नेपालमा, मेट लाइफले उपभोक्ताहरू र व्यवसायीहरूलाई जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा र कर्मचारी लाभहरू (समूह बीमा) जस्तो सेवा प्रदान गर्दै आएको छ । यो नेपालकै अग्रणी जीवन बीमा, दुर्घटना र स्वास्थ्य बीमा र कर्मचारी लाभ बीमाकर्ताहरू मध्ये एक रहेको एक रिपोर्टमा भेटिएको हो ।
सोही कम्पनीले उच्च प्रशिक्षित, व्यावसायिक एजेन्सी फोर्स र कर्पोरेट साझेदारहरू मार्फत व्यक्ति र संस्थागत ग्राहकहरूलाई नवीन जीवन, दुर्घटना र स्वास्थ्य, कर्मचारी लाभ र माइक्रो क्रेडिट बीमा उत्पादनहरूको विस्तृत दायरा पनि प्रदान गर्ने गर्छ ।
यता, कम्पनीको व्यवसाय स्थानीय समुदायको मुटु वरिपरि केन्द्रित छ । उनीहरूको आवश्यकताहरू बुझ्दै र उनीहरूलाई सेवा प्रदान गर्दै आएको छ । व्यावसायिक एजेन्टहरू र संस्थागत साझेदारहरूको नेटवर्क मार्फत सुरक्षा समाधानहरू यसले गर्दछ । प्रत्येक ग्राहकले उनीहरूलाई उपयुक्त योजना फेला पार्न भनी सुनिश्चित गर्न हाल कम्पनीमा ३,९२९ बढी एजेन्टहरू काम गरिरहेका छन् । कम्पनीको देशभर २ वटा प्रान्तीय कार्यालयहरू, ३ वटा शाखा कार्यालयहरू, १ सम्पर्क कार्यालय र २९ वटा एजेन्सी कार्यालयहरू छन् ।
कम्पनीको पछिल्लो वित्तिय विवरण
‘विगत २३ वर्षदेखि नेपालको लागि विश्वसनीय भविष्यको निर्माण गर्दै हर कदममा तपाईँसँगै’ भन्ने नारा कभर पृष्ठमा उल्लेख गर्दै विसं २०८०/८१ र्को प्रकाशित वित्तीय रिपोर्टमा मेट लाइफले आफ्नो सफलताको सिद्धान्तमा दृढता व्यक्त गरेको छ । भविष्य निर्माण सँगसँगै विजय र त्यसको स्वामित्व सिद्धान्तमा रहेर सफलता प्राप्त गर्ने यसको चाहना छ। स्वार्थ बाँझिनेबाट टाढा, इमान्दारिता, विविधता, समावेशिता, सम्पत्ति शुद्धिकरणमा रोक, निष्पक्ष प्रतिस्पर्धा, सुरक्षित कार्यस्थल, जस्ता व्यवसायिक नैतिकतामा कम्पनि दृढ रहेको भनी उक्त रिपोर्टमा उल्लेख छ । ध्यान, सरलत र अलगता जस्ता रणनीतिहरु बोकेको यो कम्पनी आफ्ना उद्देश्यलाई सक्षम बनाउन आवश्यक योजनाहरु ल्याउन हरबखत प्रयास रहत छ । । रिपोर्टमा उल्लेख भएअनुसार कम्पनीको पुँजी निर्माणका स्रोतहरू पुनर्बीमा, वित्तीय पुँजी, प्रविधि, मानव पुँजी रहेका छन् ।
उक्त रिपोर्टमा उल्लेख भएअनुसार मेट लाइफले ५८.१ करोड बराबरको खुद लाभ र दाबी-भुक्तानी गरेको छ । वित्तीय स्टेटमेन्टमा उल्लेख भएअनुसार कम्पनीले जम्मा ७.१ अर्ब बराबरको खर्च गर्दै गर्दा ८.३५ अर्ब बराबरको आम्दानी गरेको छ । सोही वर्ष ५.६७ अर्ब बराबरको लेखिएको कुल प्रिमियम संकलन गर्दै ८९.७ करोड बराबरको खुद नाफा कम्पनीले कमाएको थियो ।
आर्थिक वर्ष विसं २०८१/८२ को फागुन मसान्तसम्म जीवन विभाग कम्पनीहरूले कुल १ खर्ब रुपैयाँभन्दा बढीको प्रिमियम संकलन गर्दा नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार मेट लाइफले कुल ३.८८ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेको छ। सबैभन्दा बढी प्रिमियम संकलन गर्ने नेपाली जीवन बीमा कम्पनीहरूको सूचीमा मेट लाइफ दशौं स्थानमा परेको छ ।
विश्वमा डेढ सय वर्ष भन्दा बढी र नेपालमा २४ वर्ष लामो इतिहास बोकेको मेट लाइफले व्यक्त गरिएको प्रतिबद्धता, लक्ष्य र ग्राहकको विश्वासमा बलियो जग हालेर विश्व जगतमै इन्सुरेन्सको क्षेत्रमा आफ्नो साम्राज्य विस्तार गर्दै अघि बढ्ने नै छ ।
पछिल्लो समय ब्राण्ड फाइनान्सको रिपोर्ट अनुसार टप टेनमा पर्न सफल भएसँगै अमेरिकी ब्राण्ड मेट लाइफको विश्व बीमा बजारमा चर्चा भइरहेको छ । विश्व बजारमा जीवन बीमा कम्पनीहरुले कमाएका उच्च ख्यातीहरु नेपाली बीमा कम्पनीहरुका लागि पनि विभिन्न कोणबाट नयाँ शोध हुने देखिन्छ ।
(रिफ्रेन्स:विभिन्न एजेन्सीहरुबाट)