

अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्रलाई बलियो बनाउनुपर्छः भौतिक मन्त्री दाहाल




काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्रलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् ।
झापाको दमक स्थित मेची बहुउद्देश्यिय सहकारी सस्थांको ३१औँ साधारणसभामा उनले केही ब्यक्तिको गलत कार्यको दोष सिङ्गो सहकारी क्षेत्रलाई गलतरुपमा ब्याख्या गर्न नहुने बताए । राज्यले तीन खम्बे आर्थिक नीति अबलम्बन गरेको अवस्थामा सहकारी एक महत्त्वपूर्ण खम्बा रहेको स्मरण गराए । अर्थतन्त्रको एक महत्वपूर्ण खम्बालाई कमजोर रुपमा छोडेर सबल अर्थतन्त्र निर्माण गर्न नसकिने मन्त्री दहालले बताए ।
पछिल्लो समय विभिन्न सहकारी सस्था मार्फत ठगिएकाहरुलाई उचित न्याय दिलाउनु र सहकारी क्षेत्रलाई बलियो नियमन र प्रोत्साहन पनि जरुरी रहेको उनको भनाइ छ ।
१७ हजार भन्दा बढी सदस्य रहेको सहकारीले गत आर्थिक वर्ष २ करोड ७४ लाख रुपैयाँ राज्यलाई कर तिरेको सस्थाका प्रमुख कार्यकारी खोमप्रसाद बगालेले बताए ।