

सुनको मूल्य अहिलेसम्मकै उच्च बन्यो, आज कुन भाउमा हुँदैछ कारोबार ?




काठमाडौं । पुनः एकपटक नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । हिजो मात्रै नयाँ उचाइ बनाएको सुनले पुनः अर्को उचाइ बनाएको हो ।
यसदिन सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिनमा तोलाको १ लाख ७६ हजार ८०० रुपैयाँ थियो ।
चाँदीको मूल्य चाहिँ सामान्य बढेको छ । यसदिन तोलामा १० रूपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।