

सुनको भाउ उकालो लागेको लाग्यै गर्दा आज फेरि बनायो नयाँ रेकर्ड




काठमाडौँ । सुनको मूल्य उकालो लाग्दा नेपाली बजारमा आज फेरि नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ । जसअनुसार प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको थियो ।
यो अहिलेसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । आज प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।